नयाँ तीज गित “मरक्कै कम्मर भाचिन्छ”(भिडियोसहित)
गायक राजेन्द्र बिष्ट र गायिका कल्पना बीसीको तीज गीत मरक्कै कम्मरै भाचिन्छ बजारमा आएकको छ । लोकू सिंह ठकुरीको शब्द सृजना र राजेन्द्र बिष्टको लयमा तयार भएको सो गित सागितिक बजारमा आएको हो । यस अघिका गीत बढी आधुनिक भए पछि यो पटकको गीत भने लोक लयमा रहेको सर्जक ठकुरीले बताए । यो गीतको भिडियोमा चर्चित नृत्य निर्देशक बिक्रम चौहान हुन् भने अञ्जली अधिकारी र टीका जैशीले अभिनय गरेका छन् । चर्चित निर्देशक चौहानले पनी गीत तथा सम्पुर्ण टीमको तारीफ गर्न भ्याए उनले भने, यसपाली आजको दिन सम्म करिब ८०/८५ को हाराहारीमा तीज गितको भिडियोहरु बनाइयो तर यो अल्ली फरक र छमछमी नाच्न मिल्ने खालको छ । बिक्रम चौहानका हरेक गीतहरु राम्रा र उत्कृष्ट हुने दाबी गर्दै सबैले हेरी दिन र माया गरीदिन आग्रह गरे । भियियोको दृश्य निर्माणको बि–स्टार फिल्मसले गरेको हो भने सो गितमा केशव बडुको एरेन्ज रहेको छ ।











