तीजमा नाच्ने बुढी खोज्दै गायक गोपालजंग थापा(भिडियोसहित)

लोक तथा दोहोरी गायक गोपाल जङ्ग थापाले स्वरबद्ध गरेको नविनतम तीजको गीत नाच्ने बुढी चाहियो बजारमा आएको छ । यस गीतमा उनलाई गायिका माधवी घर्तीमगरले साथ दिएकी छिन् । गायक गायिकाद्वय थापा र घर्तीमगरको संयुक्त शब्द रहेको गीतमा गोविन्द मधुरले सङ्गीत संयोजन गरेका छन् । अमृत सुनुवारले छायाङ्कन गरेको यस म्युजिक भिडियोमा माधवि, धिरज, एलिशा र कृष्णले अभिनय गरेका छन् ।उक्त म्युजिक भिडियोको निर्देशन विपिन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफरमा कृष्ण लामा छन् ।

मेलोडी नेपालले तयार पारेको यस गीतको म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिक कम्पनी मार्फत बजारमा ल्याइएको हो । यो गीतले दर्शकहरूको मन जित्नेमा आफू आशावादी रहेको गायक थापाले बताए । उनले आगामी दिनमा अझै राम्रा गीतहरू दर्शक माझ ल्याउने योजना रहेको बताए । थापाले यसअघि आधा दजर्न गीत बजारमा ल्याइसकेका छन् । क्या राम्रो रैछनी साँफेबगरबाट गायन क्षेत्रमा लागेका थापाले नेपालका नेता, बर पिपल छायाले, धेरै भए फटाहा जाली लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् । गायक थापा हाल नेपाल वातावरण पत्रकार समूहमा कार्यरत छन् ।