जीवन दाहाल अब मोडलिङमा पनि (भिडियोसहित)

हास्यव्यङग्य र नाटकमा परिचित जीवन दाहाल मोडलिङ क्षेत्रमा पनि अब्बल देखिएका छन् । भोजराज काफ्ले र आकृति श्रेष्ठको घर त हाम्रो याँ होइन लेले हो भन्ने लोक गीतबाट दाहाल मोडलिङ क्षेत्रमा पनि प्रवेश गरेका छन् । उक्त गीतको भिडियोमा जीवन दहाललाई मेनुका सन्जेलले साथ दिएकी छिन् । म्युजिक भिडियोको निर्देशन भने स्वयं भोजराज काफ्लेले गरेका छन् । जीवन दहालको अभिनयमा रहेको म्युजिक भिडियो युट्युव मार्फत बजारमा बजारमा आएको छ । यस अघि जीवन हास्यव्यङ्ग्य र नाटकहरुमा अभिनय गर्थे ।