हट गायिका सरस्वती लामाको पछि भैंसी र हात्ती लागे पछि (भिडियोसहित)

आर एन चौधरी थारु ।
पछिल्लो समय नेपालमा मात्र नभई बिदेशमा समेत व्यापक चर्चामा आइ रहने रक गायिका सरस्वती लामा । बेला बखत आलोचीत र बिवादित बन्ने गरेकी गायिका सरस्वती लामाले आफुले आलोचना भोगेका बिषयमा समय सान्दर्भीक गित गाएर म्युजिक भिडियो बनाएर अहिले एकाएक पुनःचर्चाको शिखरमा पुगेकी छ्न।

उनी चर्चामा आउनुको कारण भरखरै सरस्वतीको आफ्नै युवट्युव च्यानलबाट सार्वजनिक भएको कोहिले भन्छ्न भैंसी मलाई , कोहिले भन्छ्न हाती भन्ने गितको म्युजिक भिडियो हो ।
सरस्वती लामाकै स्वरमा सजिएको यस् गितमा बिजय तामाङको शब्द तथा बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको छ्न भने गितमा सरस्वती लामा, महादेव त्रिपाठी ,पेम्बा शेर्पा ,केशव जाङबु एन शेर्पाको मनमोहक कमेडी अभिनय देख्न पाइन्छ।

आफ्नो बोल्ड अवतार र पहिरनले बेला बेलामा चर्चामा आउने र आलोचना खेपी रहने भएपनि प्राय जसो नेपालको मेला,जात्रा,महोत्सव स्टेज प्रोग्रामहरुमा सर्वाधिक ब्यस्त रहने गायिका हुन सरसस्वती लामा ।
बारम्बार विवादित र आलोचित किन बन्नु हुन्छ रु भन्ने बिषयमा गायिका लामा संग प्रश्न गर्दै कुरा गर्दा आलोचना गर्नु हुने दर्शकहरुलाई औंला तेर्स्याउदै,
अब रक बिद्याका गितमा बोल्ड अवतारमा नउत्रिएर के भजन किर्तन गाउने बेलामा लगाउने पहेलो टि सर्ट्मा जय भोले बाबा ू लेखिएको लगाएर अभिनय र नृत्य गर्नु त ? जुन बिद्याको गित हुन्छ त्यही अनुसार कलाकारहरु अभिनय गर्न सक्नु पर्छ भन्ने मेरो भनाइ हो।