पहिलो गीतबाटै सफलता पाउदै– प्रज्वल

स्थानीय स्तरमा गायन क्षेत्रमा विशिष्ट पहिचान बनाएका गायक प्रज्वल आचार्यको आवाजमा रहेको ‘तिम्रो मायाले मेरो जिन्दगी फेरियो’ बोलको गीतले चर्चा बटुल्दै गएको छ ।
बिराज आचार्यको शब्द तथा कृष्णभक्त राईको संगीत रहेको यो गीत युट्युब र फेशबुक जस्ता सामाजिक सञ्जाल र रेडियोमा चर्चा बटुल्न सफल भएको हो ।
पछिल्लो समय ७ नं प्रदेशका कलाकारहरुले राष्ट्रभरमा नै राम्रो स्थान लिइरहेका बेला प्रज्वल जस्ता नवप्रतिभाको उदय संगित क्षेत्रमा बलियो आधार बन्न सक्ने संगितकारहरु बताउछन् ।
अध्ययनसंगै सांगीतिक क्षेत्र अगाडी बढाईरहेका प्रज्वल गायनमा राम्रो प्रगती गर्दै बिभिन्न कार्यक्रममा सम्मानित तथा पुरस्कृत समेत भएका छन ।
यहा राम्रो कला सिक्न संगित पाठशाला नहुनुले कला भएर पनि प्रस्तुत गर्न नसकिएको प्रज्वलको भनाई छ । कैलालीको लम्कीचुहा नगरपालिका ७ का प्रज्वलले अर्को गीत सहित चाडै बजारमा आउने तयारीमा रहेको बताए ।