सामर्थ्य नेपालका अध्यक्ष एवम् सामाजिक अभियन्ता भुसाल सम्मानित
सामानिक क्षेत्रमा काम गर्दै आएको संस्था सामर्थ्य नेपालका केन्द्रीय अध्यक्ष सामाजिक अभियन्ता अर्जुन भुसाल सम्मानित भएका छन् । सामर्थ्य नेपाल स्थापना भएको एक वर्ष पुगेको अवसरमा उनलाई सम्मानित गरिएको हो । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले उनलाई सम्मान गरेको हो । संस्थाकी अध्यक्ष पवित्रा जोशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा संस्थापक अध्यक्ष हेमराज पौडेल रहेका थिए । विशिष्ट अतिथि उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान रहनुरहेका थिए ।
सम्मान पछि अध्यक्ष भुसालले सोचेजति सामाजिक काम गर्न नसकेको र आगामी दिनमा सबैको साथ पाइएमा अझै सामाजिक काम गर्दै जाने बताए । सामर्थ्य नेपालले देशका विभिन्न ठाउँमा सामाजिक काम गर्दै आएको छ । देशका विभिन्न सहरहरूमा डस्टबिनहरु राखेर सफा सहरको परिकल्पना ल्याएको छ ।











