नेतृत्व एमालेमा गायब, कार्यकर्ता विप्लवको पार्टीमा ओइरिदै

ओली प्रचण्डको नेकपा कैलालीबाट २९ नेता कार्यकर्ता विप्लवको नेकपामा प्रवेश

पूर्व माओवादी केन्द्रले आफ्नो लक्ष्य भुलेर एमालेमा विलय भएको भन्दै सो पार्टीका स्थानीय नेता कार्यकर्ताहरू विप्लवको नेकपामा प्रवेश गरेका छन् । कैलालीमा पूर्व माओवादी केन्द्रका नेता कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी कैलालीमा प्रवेश गरेका हुन् । जनयुद्धको लक्ष्य भुलेर प्रचण्डले घात गरेको भन्दै उनीहरू नेकपामा प्रवेश गरेका हुन् ।

पूर्व माओवादी केन्द्रका कैलालीस्थित गाउँ कमिटीका नेताहरू नेकपामा प्रवेश गरेका छन् । उनीहरूलार्इ कैलालीको बर्दगोरियामा पार्टीका केन्द्रीय सदस्य राम प्रसाद तिमिल्सिना र नेकपा कैलाली जिल्ला सेक्रेटरी गणेश ढकालको उपस्थितिमा प्रवेश गराइएको हो ।

पूर्व माओवादी केन्द्रका गाउँ कमिटी नेताहरू हरिराम चौधरी, भल्भन्सा मंगल चौधरी लगायत २९ जना विभिन्न पार्टी बाट प्रवेश गरेका छन्। उनीहरू सबैलार्इ नेकपाका केन्द्रीय सदस्य आरोपी तिमिल्सिनाले रातो टिका लगाएर स्वागत गरेका थिए ।

नेकपा प्रवेशपछि पूर्व माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरूले नेपाली जनताको मुक्ति नभइसकेको र अब त्यो मुक्ति विप्लव नेतृत्वको नेकपा र त्यसले लिएको एकीकृत जनक्रान्तिबाट हुने बताएका थिए ।