मेयरविरुद्ध ९ वडा अध्यक्ष, श्रीपेच बिनाको राजा बन्न खोजेको आरोप
९ वडा अध्यक्षको मेयरको अधिनायकवाद बिरुद्ध बहिस्कार नीति
प्रकाश मिश्र, कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका चर्चा र विवादको प्रयाय हो भन्दा फरक नपर्ला । जहिले विवाद जहिले काण्ड घोडाघोडी नगरपालिकाको नियति झैँ छ । घोडाघोडी नगरपालिकामा १२ वटा वडा छन् र बहुमत ९ जना वडा अध्यक्षले संयुक्त बैठक बस्दै नगर प्रमुख ममता प्रसाद चौधरीले आत्मकेन्द्रीत भएको, आफन्त मोहमा फसेको ,अधिनायकवाद लादेर अघि बढेका कारण माग सम्बोधन नभएसम्म नगरका सम्पूर्ण बैठक तथा छलफल बहिष्कार गरेको वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बमले बताए ।
शनिवार बिपद व्यवस्थापन समिति गठन गर्न बसेको बैठकमा चर्को विवाद भएपछि वडा अध्यक्षहरूले आफ्नो माग सम्बोधन नभएसम्म आफूहरूले बहिष्कार नीति अवलम्बन गर्ने भन्दै बाहिरिएका थिए ।
उनीहरूको निर्णय यति बेला हामीले पाएका छौ तर औपचारिक रूपमा सार्वजनिक हुन बाकी छ । हामीले प्राप्त गरेको निर्णयमा जसमा १२ मध्य ९ वडा अध्यक्षको हस्ताक्षर रहेको भएता पनि हामीलाई यो निर्णय प्राप्त भएपछि वडा नम्बर ८ का अध्यक्ष भीम बहादुर बोगटी सँग कुरा गर्यौ उनले भने यो अधिनायकवाद विरुद्धको लडाइ हो ।
वडा अध्यक्षहरूले मेयर ममता प्रसाद चौधरीले आत्मकेन्द्रीत सोच त्यागेर अध्यक्षहरूको कटौती गरिएको अधिकार सुनिश्चित नगरे सम्म बहिष्कार नीति जारी रहने वडा नम्बर ८ का अध्यक्ष भीम बोगटिले बताए ।
हामीले यसै विषयलाई लिएर मेयर ममता प्रसाद चौधरीलाई सोध्यौ वडा अध्यक्षहरूले बहिष्कारको नीति लिए तपाईँ यस्लाइ कसरी लिनुहुन्छरु भनेर उनको भनाइ थियो मैले के अधिकार खोसे स्पष्ट भन्नुहुन्न वडा अध्यक्ष ज्युहरू म आफै अचम्मित छु किन यस्तो भयो । म उपचारका लागि काठमाडौँ जादैछु फर्केपछि यो विषयमा छलफल गरौला ।
त्यस्तै वडा नम्बर १ का अध्यक्ष मनराज शाहीले मेयर बिना श्रीपेचको राजा बन्न खोजेको आरोप लगाए । साथै अधिनायकवादि सोचबाट पछि नहटे अहिले सम्म पास नभएको बजेट पास पनि हुन नदिने जिकिर गरे ।












