नव सर्जक शुसिलाको मादलुको तालमा बजारमा
राजेन्द्र रावल, बौनीया ।
नव सर्जक शुसिला साउदको पहिलो तीज गीत मादलुको तालमा बजारमा आएको छ । कैलालीकोे बर्दगोरिया गाउँपालिका वडा नम्बर १ निवासी साउदको पहिलो गीत बजारमा आएको हो । रक्षा म्युजिक प्रा.लि मार्फत वजारमा आएको तीज गितमा शुसिला साउदलाई स्वरमा बिमल साउद क्षेत्रीले साथमा दिएका छन् । कमल सरगाको लय र शब्दमा तयार भएको गितलाई कामठमाण्डौमा छायांकन गरिएको हो । गीतको म्युजीक भिडीयोमा चर्चीत गायक एवम मोडल चक्र बलले नृत्य गरेका छन् । जसमा चक्रलाई टिका जैशी र भगवती अधिकारीले नृत्यमा साथ दीएकी छिन् ।











