धनगढीमा डान्स रियालिटी शो हुने

धनगढीमा डान्स रियालिटी शो धनगढी डान्स च्याम्पीयनशिपको आयोजना हुने भएको छ । द ट्वीन्स अ कम्प्लीट ईन्स्टिट्युट अफ डान्सको आयोजनामा उक्त रियालिटी शो हुने भएको हो ।
अवसर सृजना गर्दै लुकेर रहेका नवप्रतिभाको खोजी गर्ने उदेश्यले प्रदेश ७ का मुख्य शहरलाई केन्द्रित गर्दै कार्यक्रम गर्न लागिएको आयोजक द ट्वीन्सका निर्देशक केशव बलायरले बताउनुभयो ।
प्रतियोगिताको पहिलो अडिसन धनगढीमा यहि साउन २६ गते र अत्तरियामा भदौ २ गते गरिने आयोजकले जनाएको छ ।
निर्णायकको भुमिकामा नृत्य क्षेत्रबाट ख्याती कमाएका स्थानीय देखि राष्ट्रिय स्तरका चर्चीत व्यक्तित्व रहनेछन ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २२ हजार २ सय २२ र तृतियले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि भदौ २ गतेसम्म फारम भर्न सकिने छ ।
यस प्रतियोगिताले यहाको कला क्षेत्रमा योगदान पु¥याउनुका साथै संस्कृति र पर्यटनको प्रचारमा पनि मद्दत पुग्ने सुप कला प्रतिष्ठानका संयोजक गुणाकर पनेरुले बताउनुभयो ।
यस्तै नृत्य र गायनका क्षेत्रमा राष्ट्रिय स्तरमा टेलिभिजन रियालिटी शोमा यहाका कलाकारले राम्रो प्रगति गरिरहेको भएपनि स्थानीय स्तरबाट यो कार्यक्रमले आधार तयार गर्ने नृत्य निर्देशक गोबिन्द मुखियाले बताउनुभयो ।