लोकू सिंह ठकुरीले बजाए “डिजे”, यसो गरिन् करिश्मा ढकालले
नेपाली सांगीतिक क्षेत्रमा सर्जकको रुपमा अगाडी बड्दै गरेका लोकू सिंह ठकुरीले यस पटक भने डिजे बजाएर सबै दर्शक स्रोताहरुलाई नचाएका छन । उनले सृजना गरेको नया गित डिजे बजाको छोटो समयमै सांगीतिक बजारमा चर्चामा रहेको छ भने सबै स्रोता दर्शकहरुले निकै रुचाएका छन । पेशाले सञ्चारकर्मी रहेका ठकुरीका डिजे बजाको संगै ललीपप्, आउन माया घुम्नलाई धनगढी, आउन पाईन घरमा, बसाई सरेपछी लगाएतका गितहरु बजारमा आईसकेका छन । डिजे गितमा खासमा के भाव छ ? भन्ने हाम्रो प्रश्नमा उनले भने,…… “त्यस्तो छुटटै भाव बोकेको त खासै केही छैन तर पहिले पहिले मादलमा झयाउरे नाचने हामी र हाम्रो समाज अब भने मादल बिर्सेर हरेक ठाउमा डिजे मात्र खोजी रहेका हुन्छौ । यही कुरालाई केलाउदै गर्दा यो गित सृजना भयो । यस्को शब्द यस्तो छ…”
मादलुको तालमा झयाउरे नाचथे पहिले पहिले,
सबको मुखमा डिजे डिजे झुण्डी रहन्छ अहिले

डिजे बजाको, डिजे दाईले डिजे बजाको, नाचौ भन्दा माया लजाको, त्यही लजाउने बानी छ सारै मजाको, ठकुरीले सृजना गरेको यो गितलाई मुर्तरुप दिन काल्पनीक के.शीको ठुलै सहयोग रहेको उनले सुनाए । सो गितमा हेमराज थापा (बाबुराजा) को संगित, सज्जन धामीको स्वर, अमृत लगुनको रिमिक्स र सुमन के.शीको एरेन्ज रहेको छ ।
गितका गायक सज्जन धामीलाई हामीले यो गितबाट कत्तीको आश गर्नुभा छ ? भनेर सोधेका थियौ, “आश त हरेक गितबाट गरिन्छ दर्जनौ गितहरु बजारमा छन ति सबै गितहरुबाट आश बोकिएकै हो । केही गित राम्रै भए केही सोचे जस्तो भएन तर यो गित बिल्कुलै फरक खालको छ त्यसैले नै मैले गाएको हो । यो गितबाट चै आश बोके अनुसारकै प्रतिक्रिया पाईराछु ।

सबै जनाले रुचाईदिनु भाछ । युटुबमा लागभग १ महिनामा २ लाख भिवर्स पुग्दै छ । मलाई लाग्छ राम्रै भएर सबैजनाले हेरिरहनु भाछ । समग्रमा राम्रो छ धेरै आश छ यो गितबाट, सबैजनाले माया गरिदिनु होला, मेरा गितहरु सुनिदिनु होला हेरी दिनु होला भन्न चहान्छु ।”
बि. स्टार फिल्मस्ले भिडियो निर्माण गरेको यो गितमा अहिलेका चार्चीत नृत्य निर्देशक बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र नेत्र साउदको सम्पादन रहेको छ भने भिडियोमा करिश्मा ढकाल संगै दिपेन्द्र शाही र रितीकको नृत्य पनी हेर्न पाईन्छ ।












