जनतालाई आ.व ०७५/७६ मा स्वास्थ्यको पहुँचमा पुर्याउँछुः वडा अध्यक्ष बिष्ट
मंगल बास्कोटे, लम्की ।
एक बर्षिय कार्यकालमा निर्वाचनमा जनता माझ बोलेका केही भए पनि प्रतिबद्धता पुरा गर्न पाउदा आफु निकै हर्षित भएको कैलालीको लम्की चुहा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष पुर्ण बहादुर बिष्टले बताउनु भएको छ । उनले भने, अहिले लम्की चुहा नगरपालिका चर्चाको बिषय बनेको कुरा सबैलाई अवगतै छ । जनता माझ चुनावमा बोलेका कुरा हुन या नबोलेका कुराहरु क्रमश रुपमा पुरा हुदै जाने छन । बाकी ४ बर्षिय कार्यकाल छ, ४ बर्षिय कार्यकालमा जनतालाई दिएका प्रतिबद्धता तथा छुटेका सबै पुरा हुने बिश्वास जनतालाई दिलाउन चाहान्छु । एक बर्षिय अन्तरालमा प्रतिशतको हिसाब आफु संग नभए पनि जुन दु्रतगतिमा लम्की चुहा नगरपालिकाको बिकास भएको छ । त्यसलाई आधार मान्ने हो भने लगभग ४५ प्रतिशत बिकास भएको छ । उच्च स्तरिय ग्राबेल सहितको बाटो निर्माण गर्नु पर्छ भनेर नगरपालिकाले निर्णय गरेको थियो, त्यो मुताबिक सबै वडामा ९० प्रतिशत काम सम्पन्न भएको छ । वडा नं ८ को हकमा कुरा गर्दा २८ कि।मी को दाबी गरिएको थियो ।

अहिले २८ को २८ किमी बाटो मापदण्ड अनुसार नै निर्माण सम्पन्न भएको छ । लम्की चुहा नगरपालिकाको बिकासेगति कुनै ठाउँमा रोकिएको छैन । त्यही गतिमा रही जनताले बोलेका कुराहरु कुनै पनि हातलमा नछुटाएर सम्पन्न हुने छन । वडा नं ८ को मालभंगामा पानीको चरम अभाब सबैले बुझेका छन । त्यहाका जनतालाई खानेपानीको बैकल्पीक ब्यस्थापनका लागी यो बर्षमा नै २ वटा ठुला बोरिङकोको ब्यवस्था गरिएका छ । सिचाई सुबिधाको लागी वडामा १२ वटा बोरिङ् ल्याएर गाड्ने काम सम्पन्न गरि बोरिङले सिचार गरेर जनताले निर्धक्क धान रोपि रहेको बताउनु भयो । नगरपालिकाको कृषि योग्य जमिन वडा नं।६ र ८ मा रहेको छ । नगरपालिकामा एक वडा एक खेति भन्ने निति रहेको हुदा यस वडामा १० बिगाह जमिनमा तरकारी खेति मात्र गर्नको लागी पहल भईरहेको छ । यसै अन्तरगत कृषिलाई आधुनिकीकरण गरि कृषिलाई बढोत्तरि गर्नको लागी साना किसान कृषि सहकारी संस्थाको मध्याम बाट १४ जना युवाहरु कृषि प्राबिधिक सिक्न ईज्राएल गएका छन । ति युवाहरु केहि महिना मै फर्किए पछि ८ नं वडामा कृषिलाई नगरपालिका मै नमुना बनाउने बताए ।
यो आर्थिक बर्ष मै कृषिका कार्यक्रम ल्याएका थियौ तर किसानहरु उत्साहित नहुदा कार्यक्रम त्यति प्रभाबकारी हुन सकेन । तर आगामि आर्थिक बर्षमा ब्यवसायीक रुपमा नै किसानहरु लाग्ने कृषि कार्यक्रम ल्याउने प्रतिबद्धा जनाए । वडा ८ मा स्वास्थ्यका दृष्टिले जनता धेरै पछि परेको कुरालाई मध्यनजरी आर्थिक बर्ष २०७५/७६ मा अनिवार्य रुपमा एउटा स्वास्थ्य चौकीको ब्यवस्था गरिने छ । त्यसका लागी प्रदेश सरकार संग पनि बिशेष पहल गरिरहेको बताउनु भयो । अर्को महत्वपुर्व कुरा शुद्धखानेपानीको सुबिधा नहुदा बिभिन्न प्रकारका पानी बाट हुने रोगहरु देखा परिरहेका छन । यसको अन्त्य गर्नको लागी शुद्ध खानेपानीको पहुँच सम्म जनतालाई पु¥याउन शुद्ध खानेपानी पहिलो प्रथामिकतामा राखी आफ्नो कार्यकालमा पुरा गर्नेबताए । लक्षित बर्गका कार्यक्रम निकै पारदर्शि ढंगबाट प्रभाबकारी हुन सकेका कुराहरु अहिले सम्म सुन्न र देख्न पाईएका छैनन् ।
लक्षित बर्गका नाममा बिभिन्न होटलमा चेतना मुलक कार्यक्रम,अभिमुखिकरण कार्यक्रम भन्दै बजेट खर्च भएको देखिन्छन तर अहिले सम्म बास्तबिक लक्षित बर्गले भने त्यसको भान समेत गर्न पाएको छैन । यसलाई प्रमुख ध्यानमा राख्दै आगिमी बर्षमा तल्लो स्तर सम्म गएर बास्तबिक लक्षित बर्गको खोजी गरी उनिहरुले चाहे अनुसारको कार्यक्रम र सिप र आयआर्जन मुलक तर्फ जोड दिने बताउनु भयो । यसले गर्दा कार्यक्रमहरु सय प्रतिशत प्रभाबकारी हुने उनको दावी छ । हिजोको जस्तो कनिकाछराई गर्ने परिपाटीको अन्त्य नगरपालिकाले गर्ने बताए ।











