राजेन्द्रको थारु भाषाको गीत “माकसम तुकिन मै मन परैठु” बजारमा(भिडियोसहित)
गायक भन्छन् फुट्न थालेको समुदायलाई जोड्ने प्रयास गरेको छु
गायक राजेन्द्र विष्टको थारु भाषाको गीत माकसम मै तुकिन मन परैठु सांगितक बजारमा उकालो लाग्दै छ । गायक स्वयम् कै शब्द तथा सङ्गीतमा निर्माण भएको सो गीतको म्युजिक भिडियो सार्वजनिक भए सँगै गीत चर्चामा आउन थालेको हो । लामो समय देखी निरन्तर सांगित क्षेत्रमा रहेका गायक विष्टका दर्जनौँ गीतहरू बजारमा भएता पनि थारु भाषाको गीत भने यो नै पहिलो हो । थारु समुदायका दर्शक तथा श्रोताहरूलाई मध्यनजर गर्दै सो गीत ल्याएको उनको भनाई छ । यो गीतले तपाईँको साङ्गीतिक यात्रा अझै सहज हुन्छ हैन त ? भन्ने हाम्रो प्रश्नमा उनले भने…. “चौधरी समुदायको धेरै कार्यक्रमहरूमा गइयो तर चौधरी भाषाको गीत आफू सँग नहुँदा सारै नरमाईलो लाग्थ्यो त्यसैले पनि यो गीत गरे र यो गीतले सफलता मिल्ला नमिल्ला भन्नु भन्दा पनि मैले बिल्कुलै फरक काम गरेको छु । त पहाडी, त थारु भनेर जातीयताको आधारमा समाज फुटी रहेको अवस्थामा म पहाडी समुदायको व्यक्ति भएर पनि योे थारु गीत गाएर दुवै समुदायलाई जोड्ने काम गरेको फिल गरेको छु ।

पहाडीले थारु भाषाको गीत गाउन सक्छ, थारुले दोहोरी तथा देउडा गीतहरू गाउन सक्छ र गाउँछ भने यसले एक अर्काको सांस्कृतीलाई आत्मसाथ गरेको महसुस गर्नु पर्छ भन्ने लाग्छ मलाई त । जे होस आत्म सन्तुष्ट छु, खुसी छु । मेरो कामको मूल्याङ्कन त दर्शक, श्रोता जो मेरा भगवान्, उहाहरुले गरिहाल्नु हुन्छ नि हैन र….” उनको भनाइले समाजको सकारात्मक रूपान्तरणको लागी कलाकारहरूको पनि महत्त्वपूर्ण योग्दान हुने कुरा प्रस्ट झल्किन्थ्यो । साथै उनले गीत निर्माणमा विवश चौधरीले गरेको सहयोगलाई बिर्सिएनन् । विवश यो गीतका निर्देशक हुन भने उनलाई म्युजिक भिडियोमा समेत देख्न सकिन्छ उनको साथमा विशाल र सुनिताको अभिनय पनि देख्न पाइन्छ । विवश चौधरीको निर्देशन रहेको सो गीतलाई रामु चौधरीले छायाङ्कन तथा सम्पादन गरेका छन् भने केशव बडूको एरेन्ज रहेको छ ।











