सशत्र प्रहरीको पुरै संरचना परिवर्तन
अर्ध सैनिक प्रकृतिबाट अब पुरै फौजी संरचनामा जाने
गृहले पठाएको निर्देशनमा हाल विद्यमान पाँचवटा बाहिनीको संख्या वृद्धि गरी प्रत्येक प्रदेशमा बाहिनी संरचना स्थापना गर्ने तथा उपत्यकाका लागि छुट्टै बाहिनीको स्थापना गर्ने उल्लेख छ । यस्तै, हाल विद्यमान सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरवृद्धि गर्ने, आवश्यकतानुसार प्राविधिक समूह गठन गर्ने, हाल विद्यमान रहेका बोर्डर आउट पोस्ट ९बीओपी० को मौजुदा अनाश्रित संरचना हटाउने उल्लेख छ ।
गृहले देशका सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेगरी गुल्म स्थापना गर्नेसहितको निर्देशनसमेत दिइसकेको छ । यसका अतिरिक्त एक–एकवटा एकेडेमी, अस्पताल र स्टाफ कलेजको व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयको यो परिपत्रसँगै अब प्रदेश ३ र प्रदेश ५ मा पनि सशस्त्र प्रहरी बलले बाहिनी खडा गर्नेछ । बाहिनीको नेतृत्व नायब महानिरीक्षक ९डीआईजी० ले गर्दै आएका छन् । यस्तै, सशस्त्र प्रहरी बलको नयाँ संरचनामा महानगरीय सशस्त्र प्रहरी कार्यालय रहनेछैन । सशस्त्रले यो कार्यालयको नाम परिवर्तन गरी उपत्यका सुरक्षा कार्यालय राखिसकेको छ ।
पहिला अतिरिक्त महानिरीक्षक ९एआईजी० ले नेतृत्व गर्दै आएको यो कार्यालयको नेतृत्व पनि अब डीआईजीले नै गर्नेछन् ।
स्रोतका अनुसार नयाँ संरचनाअन्तर्गत सशस्त्र प्रहरीमा अब बाहिनी आठवटाका अलावा शिक्षालय पाँचवटा, गण ३६ वटा र गुल्म ७७ वटा हुने भएका छन् ।
अहिले २७ गण, २१ सीमा सुरक्षा कार्यालय र ३८ गुल्म छन् । नयाँ संरचनामा सीमा सुरक्षा कार्यालयलाई पनि अब गणमा रूपान्तरित गरिने भएको छ । सशस्त्रमा अहिले कतिपय जिल्लामा गण र सीमा सुरक्षा कार्यालय दुवै छन् । अब भने एउटै मात्र गण रहनेछ ।











