धर्म परिवर्तनविरुद्द हिन्दु जागरणको महाअभियान, डटेर सामना गर्न अपील

उमेश थापा, कैलाली ।
धर्म परिवर्तन विरुद्दको महाअभियान अन्तर्गत १ दिने प्रशिक्षण कार्यक्रम बाकेको कोहलपरमा सम्पन्न भएको छ ।  हिन्दु जागरण नेपाल बाकेले उक्त कार्यक्रमको आयोजना गरेको हो । विभिन्न प्रलोभन देखाई आयातित धर्मका प्रचारकहरुले हिन्दु धर्म परिवर्तन गराईरहेको भन्दै सचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको हिन्दु जागरण नेपालका केन्द्रीय उपाध्यक्ष यमलाल भण्डारीले बताए ।
कार्यक्रममा सहभागीहरुलाई हिन्दु धर्म, धर्मशास्त्र र यसको संरक्षणका विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रमुख प्रशिक्षक रहेका नुमाकान्त दाहालले हिन्दु धर्मशास्त्रले कुनै कुरामा कसैलाई पनि भेदभाव नगरेको बताए । उनले डलरको खेती गर्नेहरुले सोझा साझा मान्छेमा भ्रम छर्दै फाईदा दिने गरेको समेत प्रष्ट पारे । हिन्दुजागरण महाअभियान सुरु भैसकेकोले धर्म परिबर्तनकारिकाबिरुद्ध डटेर सामना गर्न समेत सबैलाई उनले आग्रह गरे ।
दाङ, बाके, सुर्खेत र कैलालीका गरी ६० बढीको सहभागिता रहेको कार्यक्रममा हिन्दु जागरण कैलाली जिल्ला संगठन संरक्षक प्रमुख चन्द्र पुरुष, सुर्खेत जिल्ला सदस्य अन्जु बस्याल, बाके जिल्ला सदस्य मन्दिरा रावत , ईन्द्रा शाही, सिल्पा घिमिरे, अर्जुन सिक्देलले धर्मका विषयमा बोलेका थिए । त्यस्तै मोहनराज रेग्मी, नर बहादुर शाही लगाएतकाले पनि पछिल्लो समय हिन्दु धर्ममाथी भईरहेको प्रहार र धर्म परिवर्तनका विषयमा धारण राखे । हिन्दु जागरण नेपाल बाके जिल्ला अध्यक्ष ढकनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी हिन्दु जागरण नेपाल केन्द्रिय प्रशिक्षक जागेश्वर घिमिरे रहेका थिए ।