यस्तो छ गायीका सिर्जुको झुम्के बुलाकी(भिडियोसहित)

पछिल्लो समयमा चर्चित गायिका, मोडल तथा संगीतकार सिर्जु अधिकारीको नयाँ कोसेली झुम्के बुलकी ( ओके छ त भाग २ ) सार्वजनिक भएको छ ।

लोक पप लयमा रहेको मायालु इन्टरटेनमेन्टले बजारमा ल्याएको झुम्के बुलाकीमा उनलाई स्वरमा अमृत खातीले साथ दिएका छन् । बिसम गौतमको शव्द रहेको उक्त गीतमा संगित भने स्वयं सिर्जुले दिएकी छिन् ।


प्रकाश धितालको निर्देशन तथा उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा पनि अभिनयमा स्वयं सिर्जु नै देखिएकी छिन् भने उनलाई विषम गौतमले साथ दिएका छन् ।