सहारा घरलाई साइनिङ्ग स्टारको सहयोग

राजेन्द्र रावल, बौनीया ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा रहेको साईनिङ्ग स्टार इग्लीस स्कुलले असहायका लागि सहयोगी हातहरू नेपालद्धारा सञ्चालित सहारा घरमा सहयोग गरेको छ । बर्दगोरिया गाउँपालिका २ बर्दगोरियामा रहेको सहारा घरमा शुक्रवार बिहान विद्यार्थीहरूको समूहसँगै त्याहा पुगेका विद्यालयका प्रिन्सिपल भरत ताम्रकार लगायतको समूहले सहारा घरलाई १ कट्ठा चामल प्रदान गर्दै सहयोगको सुरुवात गरेका हुन् ।

ताम्राकारका अनुसार विद्यालयले आगामी दिनमा समेत सहारा घरलाई आफ्नो विद्यालय र व्यत्तीगत तवरबाट निरन्तर सहयोग रहने बताएका छन् । ताम्राकार आफैमा समेत आधुनिक गायक हुन् । सहारा घरका संस्थापक बल बहादुर विष्टका अनुसार हाल सहारा घरमा करिब ३० जना असहाय बेसाहारहरु आश्रय लिइरहेका छन् ।

पछिल्लो समय विभिन्न विद्यालयका विद्यार्थी र शिक्षक शिक्षिकाहरू आएर सहयोग गर्दा आफूलाई काम गर्न थप हौसला मिलेको उनले बताए ।