नेपाल र चीनबीच १० वटा सम्झौता, इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइने

ओलीलाई चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर पनि दिइयो

चीनबीच बेइजिङमा १० वटा सम्झौता र ४ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। केरुङ–काठमाडौं विद्युतीय रेल जोड्ने मुख्य सम्झौतामा हस्ताक्षर भएको छ। नेपालमा रेलमार्ग निर्माण, सुख्खा बन्दरगाह निर्मार्ण र अन्तरदेशीय विद्युत् प्रसारण लाईन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बिहिबार नेपाल र चीनबीच तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।नेपालमा रेलमार्ग निर्माण, सुख्खा बन्दरगाह निर्मार्ण र अन्तरदेशीय विद्युत् प्रसारण लाईन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाल र चीनबीच रेलमार्गसहित विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रमअन्तर्गत आज दुबै देशका प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली नेतृत्वको टोली र चिनियाँ टोलीबीच भएको वार्ता पछि सहमती भएका ती सम्झौतामा हस्ताक्षर भएको हो। यसअघि प्रधानमन्त्री ओलीलाई चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएको थियो।

त्यस लगत्तै दुई देशबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु भएको हो। सो कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली पनि सहभागी थिए। त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए। अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए। भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो।