प्रदेश सातको बजेट अर्थमन्त्री बोहराको निर्वाचन क्षेत्र केन्द्रीत

३० भन्दा बढी योजना आफ्नो निर्वाचन क्षेत्रमा मात्रै, सत्तापक्षकै सांसद बिरोधमा

प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बजेटलाई आफ्नो निर्वाचन क्षेत्र केन्द्रित बनाए पछि सांसदहरुले विरोध चर्को विरोध गरेका छन । मन्त्री बोहराले भौतिक पुर्वाधार विकास, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयबाट पठाएका योजना कटौती गर्दै आफ्ना क्षेत्रमा बजेट विनियोजन गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । आफुले सिफारिश गरेका योजनाहरु अर्थमन्त्रीले कटौती गरेर आफ्नो क्षेत्र केन्द्रित गरेपछि सांसदहरु रुष्ट बनेका छन ।
मन्त्री बोहराले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतका ३० भन्दा बढी योजनाहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित बनाएका छन् । श्रोतका अनुसार मन्त्री बोहराले भौतिक पुर्वाधार विकास मन्त्रालयको झण्डै ३० करोड रकम आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन् । संसदमा बजेट वक्तव्य पेश गरेका मन्त्री बोहराले रातो किताबमा आफ्ना नजीकका कार्यकर्ता, आसेपासेका योजनाहरु विच बाटो बाट ल्याएको श्रोतको दावि छ । शुक्रबार संसदमा प्रस्तुत भएको बजेटमा भौेतिक पुर्वाधार विकास मन्त्रालय बाहेकका अन्य मन्त्रालयमा बजेट डल्लो पारिएको थियो । संम्बन्धित मन्त्रालयको सिफारिसमै नपरेका ठुला–ठुला रकमका योजनाहरु मन्त्री बोहराले आफ्नो निर्वाचन क्षेत्रमा हालेको श्रोतले बताएको छ । रातो किताब सार्वजनिक नगरेका मन्त्री बोहराले मुख्य मन्त्री र आफ्नो निर्वाचन क्षेत्रमा सबै भन्दा बढी योजना राखेको बताइएको छ ।
अर्थमन्त्री बोहरा अछाम क्षेत्र न १ प्रदेश सभा ख निर्वाचन क्षेत्र बाट निर्वाचित भएका थिए । उनले आफ्नो खल्तीका मानिसहरुको योजना रातो किताबमा पारेको तर अत्यावश्यक सांसदको सिफारिषमा आएका योजनाहरु नपारेको सत्ता पक्षकै सांसद हरुको गुनासो छ । एक सांसदले भने – ‘मन्त्रीज्युले हामीलाई के सम्झनु भो । आफ्नो निर्वाचन क्षेत्र बजेट केन्द्रित गर्नु भएको छ भन्ने सुनेको छु । उनले मन्त्री भएको ठाउँमा बढी बजेट परेको छ । आधिकारीक रातो किताब पढेपछि मात्रै थाहा हुने बताए । सत्ता पक्षकै अर्का एक सांसदले भने – अर्थमन्त्री बोहरा सबै जनताका मन्त्री हुन । उनले आफ्नो निर्वाचन क्षेत्र लाई बढी प्राथमिकता दिएका छन । अछाम भित्रकै अरु क्षेत्रलाई बजेटमा बाट उपेक्षित गरीएको छ । बजेट पारित भए पछि मात्रै रातो किताब सांसद लाई उपलब्ध गराउन खोजेका अर्थमन्त्री भने त्यसमा चुकेका छन । सांसदहरुले बजेटको छलफल अगाबै रातो किताब उपलब्ध गराउन माग गरे पछि उनले बाध्य भएर रातो किताब उपलब्ध गराएको ति सांसदले बताए । ४ गते बजेट माथिको छलफल कार्यक्रममा सरकारको बचाउ गर्न खोजेका सांसदहरुले घुमाउरो तरिकाले संसदमा मन्त्री लाई झटारो हानेका थिए ।
रातो किताब नपढेरै सोमबार संसदमा बोल्ने सत्तापक्षकै सांसदहरुले रातो किताब पढेपछि अथमन्त्रीलाई चौतर्फी दवाब दिई रहेका छन् । रातो किताब बैठक पश्चात अध्ययन गर्ने सत्तापक्षकै सांसदहरुले बैठक लम्व्याउन समेत दवाव दिएको श्रोतले जनाएको छ । अर्थमन्त्रीले भेगियता, जातियता, नाताबाद, कृपाबाद लगाएर ल्याएको वजेटको सत्ता पक्षकै सांसदहरुले संसद भित्रै विरोध गर्ने संकेत देखीएको छ । एक सांसदले भने– मन्त्री ज्युले रातो किताब नसच्याए बजेट पारित हुन दिन्नौं । मन्त्रीलाई बजेट सच्चाउन हामीले आग्रह गरिरहेका छौं । प्रदेश नम्बर–७ को सरकारले ल्याएको २५ अर्ब ६ करोड रुपैयाँ बराबरको बजेटमाथि सोमबारदेखि प्रदेशसभामा छलफल सुरु गरेको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमाथिको छलफलमा भाग लिने प्रतिपक्षका प्रदेशसभा सदस्यले बजेटको कडा आलोचना गरेका छन् भने रातो किताब पढेपछि सत्तापक्षका सांसदले बजेटको चर्को विरोध आएको छ । राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य कृष्ण चौधरीले आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट तयार गर्नु पूर्व प्रदेशसभा सदस्यहरुसँग छलफल गरे पनि छलफलका क्रममा उठेका कुनै पनि कुरालाई बजेटमा नसमेटेको जिकिर गरे । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले मानविय सुचकांकको आधारमा पछाडीएको क्षेत्रमा बजेट विनियोजन गरेको बताएका छन । उनले आफुले कुनै पनी योजना नकाटेको धनगढी पोष्ट संग बताए । उनले आफ्नो क्षेत्र पछाडीएको क्षेत्र भएकाले बजेट बढी गएको हुन सक्ने स्विकारे ।