लोकु सिंह ठकुरीको नयाँ श्रृजना ‘डिजे बजा‘ बजारमा(भिडियोसहित)

राजेन्द्र रावल, बौनीया ।
बर्दगोरिया गाउपालिका वडा नं. १ का सर्जक लोकु सिह ठकुरीको एक नया सीर्जना बजारमा आएको छ । विगत लामो समयदेखी रेिडयो पत्रकारीता र संगीता सृजना र मनोरञ्जनको क्षेत्रमा सक्रिय रहेका लोकुले फेरी एक लोक दोहोरी गीत दर्शक श्रोतामाझ ल्याएका छन् । काल्पनीक केसीको लय श्रृजना रहेको डिजे बजाको गीतमा लोकु सिह ठकुरीको लय रहेको छ । हेमराज थापा (बाबुराजा)ले संगीत श्रृजना गरेको गीतमा साजन धामी र अमृत लागुनको स्वर रहेको छ । यस अघि अघील्लो बर्ष मात्र तीजको समयमा लोकु को आफ्नै लय श्रृजना र अभिनय रहेको तीज गित बजारमा आयको थियो । बिक्रम चौहानले डाईरेक्सन गरेको डिजे बजाको गीतमा प्रकास खड्काले क्यामरा चलायका छन भने त्यस भिडीयोमा राजेस कुमारको सम्पादन रहेको छ । भिडीयोमा हामी पछिल्लो समयकी चर्चीत मोडेल करीष्मा ढकाल,दिपेन्द्र शाही र ह्तिीक बिष्टको अभीनय भिडीयोमा रहेको छ । एक महीना अगाडी वाउ नेपालको युट्ब च्यानल बाट बाहीर आयको भीडियोले एक महिनामा करीब २ लाख बराबरको भ्यु रहेको छ । गित दिपेन्द्र शाहीको प्रस्तुतीमा तयार भएको हो ।