कैलाली पुगेर मन्त्रीहरुले बोलेका कुरा बजेटमा नसमेट्नु लाजमर्दो : सांसद नारदमुनी राना
धनगढी, ३१ जेठ ।
प्रतिनिधि सभा सांसद नारदमुनी रानाले सरकारले ल्याएको निती तथा कार्यक्रममा समावेश प्राथमिकताका विषय स्पष्ट नभएको बताउनुभएको छ । विहिबार संघिय संसदमा बोल्दै उहाले सुखी जनताको लक्ष्य लिइएको भएपनि निती तथा कार्यक्रम समृद्धि उन्मुख नरहेकोे बताउनुभएको हो ।
निती तथा कार्यक्रममा पर्यटन मन्त्रालयले प्रदेश नं सातका पर्यटकिय स्थललाई समाबेश नगरेकोप्रति रानाले आपत्ति जनाउनुभयो । गत महिना कैलाली पर्यटन भ्रमण बर्षमा यहाको पर्यटन विकास र धनगढी बिमानस्थलको स्तरउन्नतीमा पहल गर्ने भनी स्वयंले बोलेका कुरा निती तथा कार्यक्रममा समावेश नगर्नु पर्यटन मन्त्रिका लागि लाजमर्दो भएको बताउनुभयो ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक रंगशाला बनाउने कार्यक्रम नराखिएको प्रति बिरोध जनाउनुभयो । धनगढी रंगशालाका लागि २० देखि २५ लाख रकम छुट्याउदैमा समग्र प्रदेशको खेलकुद विकासका लागि यसले नपुग्ने बताउनुभयो ।
यस्तै डिपीएल उद्घाटनका बेला धनगढीमा अन्तरराष्ट्रि क्रिकेट रंगशाला बनाउने भनी गरेको भाषण किन कार्यन्वयन नभएको भन्दै प्रश्न गर्नुभयो ।
सरकारका मन्त्रीहरुले निती तथा कार्यक्रम समग्र देशका लागि भन्दा पनि आफना निर्वाचन क्षेत्र विशेष केन्द्रित गर्न खाजेको उहाले बताउनुभयो । सांसद रानाले रोजगारी कार्यक्रमहरु निती तथा कार्यक्रममा समावेश नहुनुले जनताको भावनामा ठेस पुगेको बताउनुभयो ।
सरकारले पुर्वाधार विकास कोषमा बढीमा ५ शिर्षकमा चार करोड रकम खर्च गर्न पाउने भनि कसी लगाएको उहाले आरोप लगाउनुभयो । सम्बन्धित निर्वाचन क्षेत्रको बजेट निर्वाचित प्रतिनिधीले जनचाहना अनुसार खर्च गर्न पाउनुपर्ने र सरकारले शंका गर्न नहुने बताउनुभयो ।











